७ बैशाख, काठमाडौँ – विद्यार्थी संगठनहरुवीच नीतिगत विवादका कारण स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अन्योलमा परेको छ।
स्ववियू चुनावमा चाग लिने विद्यार्थीको उमेर बढीमा २८ वर्ष मात्र हुने व्यवस्थालाई लिएर विद्यार्थी संगठनहरुबीच विवाद भएको हो। त्रिभुवन विश्वविद्यालयले ८ वर्षदेखि स्ववियू चुनाव गराउन सकेको छैन।
कांग्रेस निकट नेपाल विद्यार्थी संघले उमेरको हदबन्दी लागू नहुने र प्रत्यक्ष निर्वाचन हुनुपर्ने अडान राख्दै आएको छ। एमाओवादी निकट अखिल क्रान्तिकारीले उमेर हद लागू हुनुपर्ने र पूर्ण समानुपातिक पद्धतिअनुसार स्ववियू चुनाव हुनुपर्ने भनेको छ।
एमालेनिकट अनेरास्ववियुले भने जनुसुकै पद्धतिबाट यही बैशाखभित्र स्ववियू चुनाव हुनु पर्ने भनेको छ। कान्तिपुर दैनिकबाट