६ बैशाख, धादिङ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा धर्मपत्नी एवम् सांसद डा। आरजु राणा देउवाको उपचारका लागि भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन्।
सांसद आरजु राणाको ढाडमा समस्या देखिएपछि शल्यक्रिया गर्न देउवा दम्पती सोमबार नयाँदिल्ली प्रस्थान गरेका हुन्।
भारतमा रहँदा सभापति देउवाले भारतीय नेताहरुसँग उच्च राजनीतिक भेटघाट गरी मुलुकको समसामयिक राजनीतिक विषयमा छलफलसमेत गर्ने बताइएको छ।
यद्यपि सभापति देउवाका स्वकीय सचिव भानु देउवाले त्यस्तो कुनै भेटघाट तय नभएको जानकारी दिए। भारतमा उपचार सकेर सभापति देउवा शनिबार स्वदेश फर्कनेछन्।
व्यवस्थापिका(संसद्को सबैभन्दा ठूलो दल काँग्रेसको सभापति र संसदीय दलको नेतामा हालैमात्र निर्वाचित भएका सभापति देउवालाई भावी प्रधानमन्त्रीका रुपमासमेत हेरिएको छ। रासस