Wed. Mar 5th, 2025

विश्व क्रिकेट लिग च्याम्पियनसिपः नेपालले टस जित्यो, फिल्डिङ गर्ने

Kirtipur-Ground६ बैशाख, धादिङ – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सोमबार नेपालले नामिवियासँग दोस्रो खेल खेल्दैछ। कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदान केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

यस अघि शनिवार भएको नामिबियाविरुद्वको पहिलो खेलमा नेपाद ५ विकेटले विजयी भएको थियो । नेपालले शीर्ष चारमा रहने आशा जिवितै राख्न पनि आजको खेल जित्नै पर्ने दबाबमा पनि छ।

नामिवियालाई आजको खेलमा पनि पराजित गर्न सके विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा पर्ने आशा बलियो बन्ने छ । नेपाल शीर्ष चारमा अट्न सके सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप क्रिकेट छनोटमा सहभागिता जनाउने पाउने छ।

About The Author

अन्य समाचारहरु: