Fri. Mar 28th, 2025

जापानमा शक्तिशाली भूकम्प, ९ को मृत्यु, ७०० बढी घाइते

Earth-Quack-in-japan-Kyushu३ वैशाख, काठमाडौं । दक्षिणी जापानमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी ९ जनाको मृत्यु भएको छ भने सात सयभन्दा बढी घाइते भएका छन् ।

स्थानीय समय अनुसार राति ९.२६ बजे क्यूशू द्वीपको कुमामोटो शहरको पूर्वमा भूकम्प गएको हो । जापानको मौसम विभागका अनुसार भूकम्प ६.५ रेक्टर स्केलको थियो ।

र, त्यसको ४० मिनेटपछि नै ५.७ रेक्टरको अर्को भूकम्प गएको छ ।

भूकम्पका कारण घरहरु भत्किएका छन् भने विद्युत र ग्यासको आपूर्ति बन्द भएको छ ।

Japan-EarthQuack

प्रभावित क्षेत्रबाट ४० हजार मानिसलाई बाहिर निकालिएको छ र उद्धार कार्य अहिले पनि जारी छ । भग्नावशेषहरूमा अझै मानिस रहेको हुनसक्ने अधिकारीहरूको आशंका छ ।

त्यस क्षेत्रमा अहिले पनि सानो सानो पराकम्प गइरहेको छ, जसका कारण मानिसहरु डरले खुला क्षेत्रमा बसेका छन् ।

Earth-Quack-in-japan-1

About The Author

अन्य समाचारहरु: