३ वैशाख, काठमाडौं । गैरआवासीय नेपालीले दान दिएका दमकल र एम्बुलेन्स नेपाल ल्याउन भारतले रोक लगाएको छ ।
गोर्खा ब्रिटिस फाउन्डेसनले झापा मेचीनगर नगरपालिकाका लागि पठाएको एम्बुलेन्स र दमकल आठ महिलादेखि भारतमा बिनाकारण रोकिएको छ ।
कोलकतास्थित बन्दरगाहमा आठ महिनादेखि थन्किएको एउटा एम्बुलेन्स र एउटा दमकल मेचीनगर ल्याउने प्रयास सफल हुन सकेको छैन ।
काँकडभिट्टाकै बासिन्दासमेत रहेका बेलायतका पूर्व काउन्सिलर धन गुरुङको पहलमा नगरपालिकालाई दुई दमकल र दुई एम्बुलेन्स दिने सहमति भएको थियो ।
समहमति अनुसार पहिलो चरणमा एउटा दमकल र एउटा एम्बुलेन्स पठाइएको थियो । गत भर्दौ पहिलो साता बेलायतबाट गुरुङको नेतृत्वमा १५ जनाको टोलीले काठमाडौं र मेचीनगर भ्रमण गरेको थियो ।