३ बैशाख, धादिङ – भगवान् श्रीरामचन्द्रप्रति भक्तिभाव प्रकट गर्दै शुक्रबार देशभर रामनवमी पर्व मनाइँदै छ ।
आसुरी शक्तिको अन्त्यका लागि भगवान् विष्णुको अवतारका रुपमा अयोध्याका राजा दशरथको छोराका रुपमा रामचन्द्र जन्मेको दिन भन्दै रामनवमी मनाइने गरिन्छ । त्रेता युगमा भगवान् रामचन्द्रले आसुरी शक्तिका रुपमा रहेको रावणलाई बध गरी राज्यमा शान्ति स्थापना गरेको जनविश्वास रही आएको छ ।
पितृभक्ति तथा मातृभक्तिको प्रतिकका रुपमा पनि भगवान् रामचन्द्रप्रति भक्तिभाव व्यक्त गरिन्छ । रामनवमीका अवसरमा देशभरका राम मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ ।