२ वैशाख धादिङ – पोहोरको तुलनामा यसवर्ष ह्वात्तै गर्मी बढेको छ । भुकम्पको कारण कतीपय स्थानमा पानीको मुहान सुकेको र अहिले पनि पानी नपर्दा खानेपानीको समेत धादिङमा चरम समस्या भएको छ ।
पानी नपर्दा चैते धान रोप्नलाई समेत समस्या भएको छ । मौसम बदली गराउने प्रणाली नै कमजोर भएकाले गर्मी बढेको मौसमविद् मिनकुमार अर्यालले बताए ।
सामान्यतया प्रिमनसुनमा स्थानीय वायुको प्रभावका कारण बेलुकीपखको मौसम बदली हुने गर्छ । त्यसरी बदली भएपछि पानी पर्ने भएपनि यो बर्ष पानी पर्न नसक्दा गर्मी बढेको हो ।
मौसम बदली भए तापक्रम घट्ने संभावना हुन्छ । यस्तै पानी नपर्दा प्रदुषण पनि बढेको छ । बिहीवार पूर्व र पश्चिमी पहाडी क्षेत्रको मौसम दिउँसोपछि बदली हुने सक्ने छ ।
न्यूनचापीय क्षेत्र बनेको र स्थानीय वायुको प्रभावका कारण पूर्व र पश्चिमी पहाडी क्षेत्रको मौसम दिउँसोपछि बदली हुने मौसमविद् अर्यालको भनाइ छ । मौसम बदली भएपनि पानी पर्ने संभावना भने नभएको उनले बताए ।