Tue. Nov 26th, 2024

अझै साढे ५ लाख बालबालिका स्कूल जान सकेका छैनन्

bal-balika_20100424095951२ वैशाख, काठमाडौं – सरकारले १२ वर्षदेखि भर्ना अभियान चलाउँदै आएपनि अझै साढे ५ लाख बालबालिका विद्यालयबाहिर छन् । यसवर्ष पनि सरकारले ‘हामी सबैको इच्छा सर्वसुलभ विद्यालय शिक्षा’ भन्ने नारा दिएर बिहीवारदेखि भर्ना अभियान सञ्चालन गर्दैछ।

विज्ञहरुका अनुसार हेरक वर्ष तामझामका साथ गरिने सरकारी भर्ना अभियानले सीमान्तकृत र अल्पसंख्यक समुदायका बालबालिकालाई विद्यालयमा तान्न सकेको छैन । शिक्षा विभागका अनुसार आधारभूत तय कक्षा ९१–८० सम्म अध्ययन गर्ने उमेर समूहका ५ लाख ५१ हजार ५ सय ४२ बालबालिका विद्यालयबाहिर छन्।

तिनमा प्राथमिक तह अध्ययन गर्ने उमेर समूहका मात्रै १ लाख ६ हजार तीन् सय ७ बालबालिका छन् । विभागका अनुसार सामुदायिक र निजी विद्यालयमा ५ देखि १६ वर्ष उमेरका ६५ लाख ६२ हजार विद्यार्थीहरु विद्यालय तहमा अध्ययनरत छन्। यसमध्ये ६० प्रतिशत बालबालिका दुर्गम भेगका छन्। कान्तिपुर दैनिकबाट

About The Author

अन्य समाचारहरु: