२ बैशाख, काठमाडौं – सुराकी खर्चको नाममा गृहमन्त्री र गृहसचिवले अपारदर्शी रुपमा ठुलो धनरासी खर्च गर्ने गरेको पाइएको छ । महालेखा परीक्षकको ५३ औं प्रतिवेदनले त्यस्तो तथ्य सार्वजनिक गरेको हो ।
प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७१, ०७२ मा राष्टिय अनुसन्धान विभागका ७५ जिल्ला ५ क्षेत्रिय कार्यालयले एक बर्षमा सुराकी खर्च वापत २५ लाख बजेट पाएका थिए । तर तत्कालिन गृहमन्त्री बामदेव गौतमले झण्डै दोब्बर रकम खर्च गरेका छन् । गृहमन्त्री मात्र हैन तत्कालिन गृहसचिव सूर्य सिलवालले पनि धेरै रकम खर्च गरेका छन् ।
एक बर्षमा गृहमन्त्री एक्लैले सुराकीका नाममा ४६ लाख खर्च गरेका छन् भने गृहसचिवले २५ लाख खर्च गरेका छन् । यी दुवै खर्च अपारदर्शी भएको छ । नयाँ पत्रिकामाबाट
्