१ बैशाख, ( धार्के )धादिङ – धादिङको नौबिसे १ धार्केमा रहेको रेडियो राजमार्ग ९२.१ मेगाहर्ज अब मोबाइल एपबाट पनि सुन्न सकिने भएको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गरी मोबाईल एप्स सार्वजनिक गरिएको छ । नयाँ वर्षको अवसर पारेर सामुदायिक सुचना नेटवर्क ९सिआईएन० का व्यवस्थापक सोहम सुबेदीले मोबाईल एप्स सार्वजनिक गरेका हुन् ।
ए
न्ड्रोईड मोबाईल एप्स सार्वजनिक कार्यक्रममा सिआईएनका व्यवस्थापक सुबेदीले मोबाईल एप्स सार्वजनिक पछि रेडियो सुन्न र देश तथा विदेशको खबर आम श्रोता माझ पु¥याउन सहज भएको बताए ।
देशभर करिब १० वटा सामुदायिक रेडियोको मात्र मोबाईल एप्स निर्माण भएको बताउदै सुबेदीले रेडियोको कार्यसफलताको लागि २ सय ७५ सामुदायिक रेडियोको तर्फबाट शुभकामना दिए । उनले यस अघिको धार्केको सञ्चार र अहिलेको सञ्चारमा निकै प्रगती भएको बताउँदै एन्ड्रोईड मोबाईल एप्स निर्माण भएकोमा सफलताको लागि शुभकामना दिए ।
यसैगरी रेडियो राजमार्गका अध्यक्ष नारायण सुबेदीले सामुदायिक रुपान्तरणको लागि रेडियोले अझै शसक्त भुमिका खेल्ने बताए ।
यसैगरी कार्यक्रममा रेडियोका स्टेशन म्यानेजर आशिष ठकुरीले रेडियोलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैलाई नयाँ वर्षको शुभकामना दिदैँ नयाँ वर्षमा सबैमा सकारात्मक सोचको विकास हुनु पर्ने बताए ।
एप्स निमार्ण गर्ने हाम्रो एण्ड राम्रो आईटी शोलुसनका सुजन थापाले प्रयोगकर्ताको प्रतिक्रिया अनुसार एप्स परिमार्जित गरिने बताए ।
एप्स गुगल प्ले स्टोरमा गएर Radio rajmarga टाईप गरेर डाउनलोड गर्न सकिन्छ । डाउनलोड गर्न का लागि यहाँ क्लिक गर्नुहोस् ।