Fri. Mar 28th, 2025

नयाँ वर्षमा टेलिकमले दियो छुट

NTC १  वैशाख, काठमाडौं – नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा आफ्ना ग्राहकलाई छुटको व्यवस्था गरेको छ । टेलिकमले जिएसएम तथा सिडिएमए मोबाइल सेवामार्फत हुने एसएमएसको महसुल दरमा ५० प्रतिशतले छुट दिएको छ ।

दुई दिनका लागि विद्यमान महसुल दरमा ५० प्रतिशत छुट उपलब्ध गराएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताए। एसएमएसमा गरिएको छुटको व्यवस्था मंगलबार र बुधबारका लागि भएको छ ।

यस्तै तीन दिन प्रिपेड र पोस्टपेड सेवाका ग्राहकलाई पनि प्याकेजमार्फत सुविधा दिईएको छ । बिहीबारसम्म डाटा सेवाअन्तर्गत एक सय एमबी साइजको डाटा ५० मा खरिद गरी ७ दिनसम्म प्रयोग गर्न सकिने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताईन्  ।

About The Author

अन्य समाचारहरु: