Fri. Mar 28th, 2025

धादिङमा आजदेखि धार्मिक महोत्सव सुरु

mahayagya१ बैशाख, धादिङ –  सदरमुकाम धादिङमा आजदेखि शुभकामना ज्ञान महायज्ञ एवम् बृहत धार्मिक महोत्सव २०७३ सुरु हुँदैछ । भागवत धाम, नेपाल कुम्पुर ३ परेवाटार धादिङको आयोजनामा नीलकण्ठ नगरपालिका स्थित रायटारमा महोत्सवको आयोजना गरिएको हो ।

राष्ट्रमा भएका साँस्ृकतिक, ऐतिहासिक र धार्मिक मूल्यमान्यता बोकेको सम्पदाहरुको संरक्षण र संवद्र्धन गर्न, तथा अन्र्तराष्ट्रिय, गौमाता संरक्षणका लागि गौशाला र वृद्धवृद्धाहरुलाई वृद्धाश्रमको स्थापन गर्नका लागि महोत्स्वको आयोजना गरिएको आयोजक कमिटिका संयोजक बासु घिमिरेले जानकारी दिए ।

धार्मिक महोत्सव बैशाख १ गतेदेखि सुरु भएर ९ गतेसम्म चल्नेछ । ९ दिनसम्म चल्ने महोत्सव अवधिभर बालतपस्वी उत्तम भट्टको मुखारविन्दबाट कथा बाचन हुने आयोजक समितिले जानकारी दिएको छ ।

About The Author

अन्य समाचारहरु: