१ बैशाख, धादिङ – आजबाट नयाँ बर्ष २०७३ सुरु भएको छ । नेपालमा आजदेखि विक्रम सम्वंत अनुसार नयाँ वर्ष प्रारम्भ भएको हो ।
नेपालमा विभन्नि जातजाती र समूदायहरुले विभिन्न समयमा नयाँ वर्ष मनाउने गरेपनि सरकारी कामकाजका लागी समेत प्रयोग गर्ने विक्रम संवतको नयाँ वर्षलाई सबैको साझा नयाँ वर्षको रुपमा लिने गरिन्छ ।
नयाँ बर्ष नयाँ रुपमा मनाउने प्रतिवद्धता सहित सामान्य नागरिकदेखि राष्ट्रप्रमुख समेत नयाँ कार्यक्रममा जुटेका छन । सुख, शान्ति, समृद्धिको कामना गर्दै एक आपसमा शुभकामना आदानप्रदान गर्ने क्रम चलिरहेको छ ।
अघिल्लो वर्ष एकाातिर भूकम्पको चपेटा र नाकाबन्दीको असरले देश थिलोथिलो भएको थियो भने अर्को तिर नयाँ संविधान बनेकोमा हर्ष उल्लास पनि छाएको थियो । यो वर्ष संक्रमणकालिन राजनीतिक जटिलताको अन्त्य भई मुलुकले स्थिरता र विकासको बाटो पहिल्याउने आशा गरिएको छ । आज नयाँ आशा र उत्साहकासाथ वर्ष २०७३ को स्वागत गरिदैछ ।
विगतका अनगिन्ती मतभेद र द्धन्द्धका श्रीखंलाहरुलाई विर्सदै दलहरुले २०७३ सालको सुखद् सुरुवात गर्ने अपेक्षा गरिएको छ । नयाँ वर्ष २०७३ हामी सबैका निम्ति सुखद् र सफल रहोस् तपाइहरु सबैमा हार्दिक शुभकामना ।