Thu. Mar 6th, 2025

रविन्द्र बस्नेतको संयोजकत्वमा नयाँ शक्ति नेपाल सल्यानकोट गाँउ परिषद्को गठन

naya sakti३० चैत, धादिङ – धादिङको सल्यानकोट गाविस वडा नं ४ मा रहेको त्रिपुरासुन्दरी उमाविमा नयाँ शक्ति नेपाल सल्यानकोट गाँउ परिषद्को गठन गरिएको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरी रविन्द्र बस्नेतको संयोजकत्वमा २५ सदस्यीय गाँउ परिषद् घोषणा गरिएको हो । त्यस्तै ११ सदस्यीय सचिवालय समिति समेत घोषणा गरिएको छ ।

नयाँ शक्ति धादिङ परिषद्का सदस्य एवम् इलाका संयोजक विष्णु प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय परिषदे सदस्य राजु नेपाल, रिम बस्याल, जिल्ला परिषद् सदस्य हरि धरेल, सुजन सिटौला, नकुल थापा लगायतको सहभागीता रहेको थियो ।

About The Author

अन्य समाचारहरु: