Fri. Mar 28th, 2025

‘कामका लागि नगद’ अन्र्तगत धादिङका भूकम्प पीडितलाई १६ लाख वितरण

case-for-work'३० चैत, धादिङ – उत्तरी धादिङको ६ वटा गाविसहरुमा संचालन गरिएको कामका लागि नगद कार्यक्रम अन्र्तगत नगद वितरण गरिएको छ ।

युएसएआइडिको आर्थिक सहयोगमा केयर नेपाल र सहयात्री समाज नेपालको संयुक्त साझेदारीमा सञ्चालित हरियो वन कार्यक्रम अन्र्तगत जिल्लाको बसेरी, बुढाथुम, आगिन्चोक, फुलखर्क, मुलपानी र सल्यानटार गाविसमा संचालन गरिएको हो ।

भुकम्पपछि भत्किएका संरचनाहरुको पुर्ननिमार्ण गर्ने र त्यसमा स्थानीय बासिको प्रत्यक्ष संलग्नता गराइ उनीहरुको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले कामका लागि नगद कार्यक्रम सञ्चालन गरिएको हो । भुकम्पले भत्काएका बाटो, खानेपानीको मुल संरक्षण, कुलो मर्मत लगायतका योजनाहरुमा कामका लागि नगद सहयोग गरिएको छ ।

जसमा बसेरी गाविसमा ८ सय ५३ जनालाई ५ लाख ९७ हजार १ सय रुपैयाँ, बुढाथुम गाविसमा १ सय ४० जनालाई ९७ हजार रुपैयाँ, आगिन्चोक गाविसमा ४ सय ७१ जनालाई ३ लाख २९ हजार ७ सय रुपैयाँ, फुलखर्क गाविसमा १ सय ९६ जनालाई १ लाख ३७ हजार २ सय रुपैयाँ, मुलपानी गाविसमा ३ सय ९१ जनालाई २ लाख ७३ हजार ७ सय रुपैयाँ र सल्यानटार गाविसमा २ सय ८८ जनालाई २ लाख १ हजार ६ सय रुपैयाँ गरी जम्मा १६ लाख ३७ हजार ३ सय रुपैयाँ हस्तान्तरण गरिएको छ । सवै गाविसमा प्रतिव्यक्ति प्रतिदिन ७ सयका दरले रकम सहयोग उपलब्ध गराइएको हो ।

यस्तै बसेरी गाविसमा जिविकोपार्जन सुधार कार्यक्रम अन्र्तगत ११ जनालाई जिविकोपार्जन सहयोग उपलब्ध गराइएको छ । भुकम्प पछि समस्या परेका अति विपन्न, एकल महिला, घरमुली महिला, हिंसा प्रभावित महिलाहरुलाई उनीहरुको जिविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले ११ जना व्यक्तिलाई प्रतिव्यक्ति २३ हजार ४ सय ४५ रुपैयाँका दरले २ लाख ५७ हजार ८ सय ९५ रुपैयाँ सहयोग गरिएको छ ।

About The Author

अन्य समाचारहरु: