२९ चैत, धादिङ – ‘यामाहा शुभारम्भ २०७३’ अन्तर्गत दोश्रो साताको भाग्यशाली उपहार धादिङ निलकण्ठ नगरपालिका ११ का पदमराज लुङ्गेली मगरले जितेका छन् ।
धादिङबेसी पुछारबजार स्थित न्यू मण्डली अटो सेन्टरबाट यामाहाको एसजेडआर मोटर साइकल खरिद गर्दा लक्की ड्रमार्फत लुङ्गेलीले ७३ हजार नगद जितेका हुन् । मण्डली अटो सेन्टर धादिङका संचालक चन्द्रकुमार श्रेष्ठले विजेता लुङ्गेली मगरलाई चेक हस्तान्तरण गरेका छन् । मण्डली अटो सेन्टरले पाँच वर्ष देखी उपभोक्ताबीच मोटर साइकल विक्रि गर्दै आएको छ ।
यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले नयाँ वर्षको अवसरमा ‘यामाहा शुभारम्भ २०७३’ योजना ल्याएको छ ।
योजनाअन्तर्गत यामाहा मोटरसाइकल वा स्कुटरको खरीदमा उपभोक्ताले पक्का उपहार ७ हजार ३ सय रुपैयाँ र हरेकहप्ता एकजना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत ७३ हजार नगद उपहार जित्न सक्ने कम्पनीले बताएको छ ।
हाल नेपालमा यामाहाका फेसिनो, रे जेड र अल्फा स्कुटर तथा आर १५, एफजेडएस, एफजेड, एसजेडआर, सलुटो लगायत मोटरसाइकल उपलब्ध छन् । चैत ४ गतेदेखि यामाहाका सम्पूर्ण मोटरसाइकल तथा स्कुटरमा लागू भएको यो योजना सीमित अवधिका लागि लागू गरिएको कम्पनीले बताएको छ ।
नयाँ वर्षको आगमनसँगै बिभिन्न अटो कम्पनीहरुले आफ्ना मोटरसाइकल, स्कुटर, कारको खरिदमा छुट तथा उपहार योजना ल्याएका छन् । नयाँ वर्ष तथा अन्य अवसरमा नयाँ सामान किन्ने चलन भएकाले यसलाई लक्षित गर्दै कम्पनीहरुले ग्राहकलाई सवारीसाधन खरिदमा आकर्षित गर्न छुट तथा उपहार योजना ल्याउँदै आएका छन् ।
अटो बजार विस्तार, ध्यानाकर्षण र ग्राहकले सहुलियत पाऊन् भनेर यस्ता सुविधाहरुको व्यवस्था मिलाएको व्यवसायीको भनाइ छ ।