Fri. Mar 28th, 2025

मलेखुमा दुर्घटना, सशस्त्र प्रहरी निरीक्षक दुर्गा बाबु पाठकको मृत्यु

durgababu२८ चैत, धादिङ – पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट गाँउ विकास समितिको वडा नं १ मलेखुमा आइतबार बिहान  ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवन घर भई हाल आदामघाटमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक दुर्गा बाबु पाठक रहेको प्रहरीले जानकारी दिएको छ ।

मुग्लिनदेखि काठमाडौँ जाँदै गरेको ना ३ ख ८७३२ नम्बरको ट्रकले उनी चढेको बा ६१ प ११५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका पाठकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ । दुर्घटना पछि ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

About The Author

अन्य समाचारहरु: