२८ चैत ,धादिङ – युथ इन आईसीटि कमिटि, क्यान महासंघको आयोजनामा काठमाडौंमा एकदिने सीईओ सेमिनार कार्यक्रम सम्पन्न भएको छ ।
कमिटिका सभापति चिरन्जीवी अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्यान महासंघका अध्यक्ष ई. विनोद ढकाल प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा टेक्सस कलेजका डाईरेक्टर शंकर प्रसाद शर्मा लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा टेक्सस कलेजबाट ७० जना विद्यार्थीहरुको सहभागिता थियो । नेपालकै ख्यातीप्राप्त सीइओ एक्पेट तथा स्पीकर प्रकाश खतिवडा र कृष्ण बोगटीले उपस्थित विद्यार्थीहरुलाई वेब प्रमोशन गर्ने तरिका सीइओको हालको आवश्यकता साथै वास्तविक संसारमा कम्पनीहरुसंग कसरी काम गर्ने भन्ने विषयमा सहजिकरण गरेको सीएसआइटी एसोसिएसनका अध्यक्ष आभाष अधिकारीले जानकारी दिए ।