Fri. Mar 28th, 2025

चेपाङ विद्यार्थीको सहयोगार्थ युएईमा सांस्कृतिक कार्यक्रम

dhading-samaj-uae
२८ चैत, धादिङ – नयाँ वर्ष २०७३ को अवसरमा धादिङ समाज युएईले युएईमा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

धादिङ समाज युएईका अध्यक्ष भीमकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जीवन पन्त, बिरु लामा, विनु तामाङ, स्थानीय कलाकार लगायतले प्रस्तुती गरेका थिए ।

धादिङको बेनिघाट गाँउ विकास समितिको माथिल्लो उर्वाङमा रहेको भुमेस्थान प्राविका चेपाङ विद्यार्थीहरुको सहयोगार्थ कार्यक्रमको आयोजना गरिएको हो । आर्थिक अवस्था कमजोर भएका कारण पढ्न नपाएका विद्यार्थीहरुलाई समाजले सहयोग गर्दै आइरहेको छ ।

About The Author

अन्य समाचारहरु: