Fri. Mar 14th, 2025

यो वर्ष कोरियाले ३१ सय कामदार लैजाने

Korea
२८ चैत, काठमाडौं – रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जान लिइने सातौं भाषा परीक्षामा करिब ३१ सय नेपाली युवालाई उत्तीर्ण गराइने भएको छ ।

यो संख्या गत वर्षको भन्दा झन्डै ६३ प्रतिशत कम भएको  छ । गत वर्ष ८ हजार ४९० युवा उत्तीर्ण भएका थिए ।

कोरियाको मानव संशाधन विकासले निर्धारण गरेको अनुमानित उत्तीर्ण संख्यामध्ये उत्पादनमूलक क्षेत्रमा २ हजार १०० र कृषि तथा पशुपालन क्षेत्रमा एक हजार निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ । यो कोटाले कोरिया भाषा परीक्षाको तयारी गरिरहेका युवालाई भने निराश बनाएको छ ।यो वर्ष धेरै कोटा आउने अपेक्षा नेपाली युवाले गरेका थिए ।
कारोबार दैनिकबाट

About The Author

अन्य समाचारहरु: