Tue. Nov 26th, 2024

७५ मेगावाटको त्रिशुली गल्छी आयोजनामा अपिले लगानी गर्ने

२७ चैत, धादिङ – अपि पावर कम्पनी लिमिटेडले त्रिशुली गल्छी जलविद्युत आयोजना सहित थप तीन वटा आयोजनामा लगानी गर्ने प्रस्ताव अघि सारेको छ ।

शनिबार काठमाडौंमा भएको विशेष साधारणसभाले आयोजनामा लगानी गर्ने निर्णय गरेको हो । हकप्रदबाट उठेको पैसा ७५ मेगावाट क्षमताको त्रिशुली गल्छी आयोजनाको सेयरमा लगानी गर्ने प्रस्ताव कम्पनीले गरेको छ ।

trisuli

यो आयोजना सिद्धकाली पावर लिमिटेडले निर्माण गर्न लागेको हो । यो ८.५ मेगावाट क्षमताको कम्पनी हो । यही समूहले निर्माण गरेको अरुणभ्याली हाइड्रोपावरको हकप्रद निश्कासन गरेर अन्य आयोजनामा लगानी गरिएको थियो ।  कम्पनीले एक बराबर २ हकप्रद शेयर पारित पनि गरेको छ ।

त्रिशुली गल्छी आयोजना निर्माण गर्न अपीले ८० प्रतिशत शेयर लगानी गर्नेछ । परियोजनाको कुल लागत १४ अर्ब करोड ४० लाख रुपैयाँ अनुमान गरिएको छ । यसमा शेयरधनीहरुको लगानी ४ अर्ब ३२ करोड हुने अनुमान छ । यस आयोजनाका निर्माणको लागि लक्ष्मी बैंक लिमिटेडको अगुवाइमा सह-वित्तीयकरण अन्र्तगत कर्जा प्रवाह गर्ने सहमति भएको छ ।

आयोजनाको विद्युत खरिद बिक्री सम्झौताका लगि नेपाल विद्युत प्राधिकरण समक्ष आवेदन गरिएको कम्पनीले बताएको छ । परियोजनाको विस्तृत डिजाइनको काम डिजाइन ग्रुप अफ इन्डियाबाट सम्पन्न भइसकेको छ ।

कम्पनीले निर्माण गरेको नौगडगाढ जलविद्युत आयोजनाको स्विचयार्डमा जोड्ने गरी ९९० किलोवाट क्षमताको सोलार प्लान्ट जडान गर्दैछ । यसका लागि १० करोड रुपैयाँ लाग्ने अनुमान छ ।

कम्पनीले यहि आर्थिक बर्षबाट नियमित रुपमा कम्तीमा १० प्रतिशत लाभांश उपलब्ध गराउने निर्णय पनि गरेको छ । कम्पनीले आगामी वर्षदेखि ७५ मेगावाटको त्रिशुली गल्छी र ८ मेगावाटको अपर नौगडगाढ निर्माणमा लाग्ने बताएको छ ।

अपि पावर कम्पनी लिमिटेडको आर्थिक बर्ष २०७२/०७३ मा १२ करोड खुद मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ । माथिल्लो नौगाड जलविद्युत आयोजनाको निर्माणकामा लागि १ अवर्ब ४३ करोड हुने अनुमान छ ।

आयोजना निर्माणका लागि बैंकहरुबाट १ अर्ब करोड ऋण लिइने छ भने बाँकी रकम ४३ करोड शेयरधनीहरुले पहिले लगानी गरेको रकम उपयोग गरिनेछ ।

About The Author

अन्य समाचारहरु: