Tue. Mar 25th, 2025

साढे ५ लाख तिरेर अफगानिस्तान गएका सुकबहादुर ३ लाख बुझाएर फर्किए

suk
२७ चैत, धादिङ – रोजगारीको लागि अफगानिस्तान पुगी बेपत्ता भएका धादिङ दार्खाका सुकबहादुर सुनार घर फर्किएका छन् ।

गत पुस १० गते आफ्नी श्रीमतीलाइ सडकबाटो भएर घर फकिदैछु भनेर फोन गरेदेखि सुनार बेपत्ता भएका थिए । उनी बेपत्ता भएपछि उनको श्रीमतीले खोजी दिन आग्रह गरेकि थिइन् ।  विभिन्न सञ्चार माध्यममा उनको बेपत्ताको समाचार प्रसारण तथा प्रकाशन भएपछि सुनारको खोजीमा पाकिस्तान स्थित नेपाली दुतावासले नै कुटनितिक पहल सुरु गरेको थियो । दलाल मार्फत अवैधानिक रुपमा भारतको बाटो हुुँदै अफगानिस्तान पुगेका सुकबहादुर अफगानिस्तानमा काम नपाइ उतै अलपत्र परेका थिए ।

द्वन्दग्रस्त क्षेत्रमा एक महिनासम्म एउटै कोठामा कष्टकर तरिकाले बस्नुपरेपछि सुनारले नेपालबाटै पैसा मगाएर फर्किने तयारी गरेका बेला पाकिस्तानी गुप्तचर निकाए आइएसआइले पक्राउ गरेको थियो । धादिङकै दलाल कल बहादुर खातीलाइ ५ लाख ५० हजार बुझाएर राम्रो कमाइ हुने आशामा काम गर्नको लागि २०७१ साल फागुन २२ गते सुकबहादुर भारतको बाटो हुँदै अफगानिस्तान गएका थिए । तर त्यहाँ लामो समय बस्दा पनि काम नपाएको र थुपै यातना पाएपछि सडकबाटो हुदै घर फर्किएका सुकबहादुर अफगानिस्तान–पाकिस्तानको सीमा नाकाबाटै पक्राउ परेका थिए ।

अफगानिस्तानबाट पाकिस्तानको बाटो हुदै नेपाल हिडेको दिनदेखि परिवारको सम्पर्कमा नआएको भन्न खबर विभिन्न संचारमाध्यामबाट बाहिर आएपछि पाकिस्तानी प्रहरीले पक्राउ गरेको आशंकामा पाकिस्तान स्थित नेपाली दुतावासले सुकबहादुरको खोजीमा कुटनितिक पहल गरेको थियो । सुकबहादुर संगै नेपालबाट अवैध रुपमै अफगानिस्तान गएका मोरङका विनोद दनुवार र झापाका गंगाबहादुर गुरुङ पनि दुतावासकै पहलमा फकिएका छन् ।

विदेश गएका श्रीमानले पैसा पठाउला र घर खर्ची टार्नुपर्ला भनेर बसेका उनका श्रीमती प्रमिला सुनारले उल्टै सुकबहादुरलाई नेपाल फर्कँउनका लागि ३ लाख तिर्नुप¥यो । भएको घर, सुन बेचेर श्रीमानको उद्धारका लागि खर्चिए । अहिले श्रीमानलाई फार्कँउन सफल भयौ सबै परिवार भेट भयो खुसी छु प्रमिलाले भनिन् ।

About The Author

अन्य समाचारहरु: