Tue. Mar 25th, 2025

बिस्केट जात्रा आजबाट सुरु

bisket_jatra

२७ चैत, भक्तपुर – ८ रात ९ दिन मनाइने भक्तपुरको एेतिहासिक बिस्केट जात्रा आजबाट सुरु भएको छ । जात्रा ५ गतेसम्म चल्ने छ ।

पहिलो दिन आज भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु हुन्छ । भैरवनाथको रथमा तलेजुका पुजारी उत्तमाङ्गराज राजोपाध्याय र तलेजुका नाइके नरेन्द्र पूसाद जोशीले खड्ग, तरबार, निशान राखिसकेपछि गुठी संस्थानबाट ल्याएको सरकारी पूजा र स्थानीय पूजा सकेर रथ तान्न सुरु गर्ने गरिन्छ ।

बिस्केट अर्थात ‘सर्प मारियो भन्ने अर्थमा नेवार समुदायमा जात्रा मनाइन्छ । जात्रामा तान्त्रिक विधिपूर्वक निर्माण गरिएको भैरवको रथ टैमढीबाट भक्तपुरको माथिल्लो र तल्लो भेगका बासिन्दाले आ(आफ्नो क्षेत्रमा लैजान तान्ने परम्परा छ ।

चैत मसान्तमा इन्द्रध्वजासहित लिंगो उभ्याउने र नयाँ वर्षका दिन साँझ लिंगो ढाल्ने गरिन्छ । जात्रा अबलोकन गरे शत्रु नाश हुने जनविश्वास रहिआएको छ ।

भक्तपुरमा मात्र नभइ राजधानीको टोखामा पनि दुई चरणमा विस्केट जात्रा मनाइने परम्परा रहेको छ ।

About The Author

अन्य समाचारहरु: