Thu. Mar 6th, 2025

आज एमाले केन्द्रीय कमिटीको बैठक

UML-Party-Office-Dhumbarahi२७ चैत, धादिङ – नेकपा एमालेको पोलिटब्युरोको बैठक नसकिए पनि आज पार्टीको पूर्व निर्धारित केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ ।

एक वर्षको अन्तरालपछि केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय कमिटीको बैठकको उद्घाटन भई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवेदन वितरण गरेपछि पुनःपोलिटब्युरोको बैठकले निरन्तरता पाउने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपल श्रेष्ठले जानकारी दिए ।

शुक्रबार साँझ बालुवाटरमा भएको पोलिटब्युरो बैठकमा केन्द्रीय कमिटी बैठक सार्न नेता डा विजय पौडेले प्रस्ताव गरेपनि त्यसलाई बैठकले स्वीकार गरेन । पोलिटब्युरोको बैठक यही चैत २३ गतेदेखि जारी छ ।

बैठकमा केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयन, पार्टीको भवन निर्माण, विधान संशोधन, केन्द्रीय निकायका प्रतिवेदनलगायत कार्यसूची छन् ।

यसैबीच शनिबार नै एमालेले पञ्चायतकालमा मारिएका सहिद रत्नकुमार वान्तवाको स्मृति दिवस मनाउँदैछ । रासस

About The Author

अन्य समाचारहरु: