Tue. Mar 25th, 2025

मिस नेपाल २०१६ को उपाधि अस्मि श्रेष्ठलाई

asmi२६ चैत धादिङ  – यस वर्षको मिस नेपाल २०१६ को उपाधि अस्मि श्रेष्ठले हात पारेकी छन्।

शुक्रबार राजधानीको होटल अन्नपूर्णमा भएको अन्तिम प्रतिस्पर्धामा १८ युवतीलाई पछि पार्दै उनले हात पारेकी हुन्।

उनले निर्णायकले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिँदै उपाधि हात पारेकी हुन्। उनलाई अघिल्लो वर्षकी मिस नेपाल इभाना मानन्धरले ताज पहिर्‍याइदिएकी हुन्।

२१ औं मिस नेपाल बन्नको लागि १९ जना प्रतिष्पर्धी सहभागी थिए। फ्यान्टा द हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगिताकी विजेता ले मिस वल्र्ड नेपाल २०१६ को उपाधि सहित एकलाख रुपैंया पुरस्कार पाएकी छन्।

miss-nepal-2016

यस्तै मिस इन्टरनेशनलको उपाधि सप्तरीकी बर्षा लेखीले हात पारिन र मिस अर्थको उपाधि काठमाडौँकी रोशनी खत्रिले हात पारिन्।

About The Author

अन्य समाचारहरु: