२६ चैत, धादिङ – नेपाल बार एसोसिएशनको अध्यक्षमा लोकतान्त्रिक समूहका शेरबहादुर केसी विजयी भएका छन् । केसीसँगै महासचिवमा सोही प्यानलका खम्मबहादुर खाती विजयी भएका छन् ।
अध्यक्ष केसीले प्रत्याशी प्रगतिशील प्यानलका विजयकान्त मैनालीलाई पछाडि पारे भने खातीले दीनमणि पोखरेललाई पराजित गरे ।
लोकतान्त्रिक प्यानलले बारको विभिन्न २० पदमा जीत हात पारेको छ । सत्तारुढ र गठबन्ध र मधेसवादी पार्टीको संयुक्त प्यानललाई पछाडि पार्दै लोकतान्त्रिक प्यानलले बर्चस्व कायम गरेको हो ।
मध्यपश्चिम र सदुरपश्चिमको उपाध्यक्ष, महिला उपाध्यक्ष तथा दुई सदस्यमा भने प्रगतिशीलका उम्मेदवारले जित हात पारेको छ ।
पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जना प्रतिस्स्पर्धामा थिए । मतदानमा सात हजार ८४५ मत खसेको थियो ।