२६ चैत, धादिङ – एकीकृत माओवादी भातृ संगठन योङ कम्युनिष्ट लिग वाइसिएल धादिङले सदरमुकाम धादिङबेसीमा मार्चपास गरेका छन् ।
वाइसिएल धादिङको तेस्रो जिल्ला अधिवेशनको अवसरमा सदरमुकाम धादिङबेसीको पुछारबजारदेखि शान्तबजार, बीचबजार हुँदै कर्वडहलसम्म मार्चपास गरिएको हो । जिल्ला सम्मेलनका लागि जिल्लाका विभिन्न गाविसबाट आएका कार्यकताहहरु वाजागाजा सहित ¥यालीमा सहभागी थिए ।