२६ चैत, काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथामा नेकपा एमालेको सूर्य अंकित हँसिया हथौंडा झन्डा फहराइने भएको छ ।
सोलुखुम्बु जिल्ला कमिटी सदस्य लाक्पा गेलु शेर्पा र दउसा गाउँ कमिटीका उपाध्यक्ष कितावसिंह तामाङले नेपालको राष्ट्रिय झन्डासँगै एमालेको सूर्य अंकित झन्डा फहराउने भएका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयेजित एक समारोहमा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले सगरमाथाको शिखरमा पहराउने झन्डा हस्तान्तरण गर्दै सफल आरोहणको कामना गरे ।
झन्डा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सगरमाथा क्षेत्रमा कम्तीमा दुई महिना रेस्क्यु टोली राखिने र आरोहीलाई परेको समस्या मन्त्रालयले आवश्यक सहयोग गर्ने समते बताए ।
उनले राष्ट्रिय झन्डासँगै एमालेको झन्डा फहराउने दुई आरोहीबाट शिखर चुमेर आएपछि पार्टीको संगटन निर्माणमा समेत ध्यान दिने बताए ।
राजधानी दैनिकबाट