Tue. Nov 26th, 2024

सरसफाईमा सभासद् पाण्डेको प्रतिबद्धता

 

सभाषद राजेन्द्र प्रसाद पाण्डे
सभाषद
राजेन्द्र प्रसाद पाण्डे

 

२ पुस, धादिङ- सरसफाई मानिसको सभ्यतासंग जोडिएको पक्ष भएकाले त्यसमा हेलचेक्राई गर्नेलाई बहिस्कार गर्न समेत पछि पर्न नहुने धादिङ क्षेत्र नम्बर ३ का सभाषद एवम् पूर्व स्थानीय विकास मन्त्री राजेन्द्र प्रसाद पाण्डेले बताउनु भएको छ ।

 

आजदेखि धादिङबेसीमा सुरु भएको प्रथम जिल्ला सरसफाई सम्मेलनको उद्घाटन गर्नुहुदै सभासद् पाण्डेले सरसफाईमा ध्यान दिर्ने पहिलो पाठशाला भनेको नै घर भएकाले सर्वप्रथम आफ्ना घरका परिवारलाई सचेत गराउनु पर्ने र त्यसपछि विद्यालय दोस्रोमा पर्ने बतउनुभयो ।

 

सरसफाईको सबैभन्दा ठूलो समस्या नै फोहोरमैला व्यवस्थापन भएकाले यस्तो अभियान सर्वप्रथम आफैबाट सुरु गरी घरपरिवार, समाज राष्ट्रमा नै फैलाउनुपर्नेमा जोड दिनुभएको छ । आर्थिक समृद्दिको विकास गरी आफ्नो समाजलाई सफा बनाउने र सरसफाई गर्ने जिममेवारी आफैको हो भन्ने सिद्दान्त राख्नुपर्ने कुरामा जोड दिनुभयो ।

 
फोहोर फाहोर नभई मोहर हो भन्दै उहाँले फोहोरमैलााको उचित व्यवस्थापनमा राज्य पक्षले पनि विभिन्न नीति नियम नै ल्याउनुपर्नेमा जोड दिनुभयो । १०० प्रतिशत फोहोरमैलामा १५ प्रतिशत मात्र डम्पीङ साइटमा फ्याक्न मिल्ने र बाँकी ८५ प्रतिशत पुन प्रयोग गर्न सकिने भएकाले उचित व्यवस्थापन गर्न राज्य पक्षमा आफूले पनि जोडदार माग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 
कोहीपनि नेपाली नागरिक आर्थिक रुपले गरिब नभई मानसिक रुपले गरिब रहेको बताउँदै पाण्डेले धादिङ जिल्लालाई सरसफाईयुक्त बनाउन आफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।

 
संविधान बनाउने दिन माघ ८ आउनै लाग्दा सबै सभासद्हरु संविधान बनाउने तर्फ तल्लिन भएको भन्दै जनताले खोजेको र रोजेको संविधान आउनेमा ढुक्क हुन समेत सबैलाई आग्रह गरेको थिए । धादिङ जनता र देशको समृद्धिका लागि हामी सभासद् भएको तर्क समेत राख्नुभएको थियो ।

 

 

About The Author

अन्य समाचारहरु: