२५ चैत, धादिङ – पृथ्वी राजमार्ग अन्र्तगत धादिङको पीडा गाँउ विकास समितिकोे वडा नं १ बन्झेटार नजिकै रहेको त्रिशुली नदिमा बेपत्ता भएकी सविना तामाङको शव बिहिबार फेला परेको छ ।
गत आइतबार नदीमा कपडा धुन गएकि २० वर्षीय सविनाको शव पोखरे खोला नजिकै ढुङ्गामा अड्किरहेको अवस्थामा प्रहरीले फेला पारेको हो । प्रहरीले घटना भएकै दिनदेखि खोजी कार्यलाई तीब्रता दिएको थियो ।
लुगा धुन गएकि सविना घर नफर्केपछि उनका श्रीमान सुवास तामाङले प्रत्येक दिन त्रिशुली नदीमा खोजी गरिरहेका थिए ।
नदी छेउछाउमा घर भएका धेरै महिलाहरु लुगा धुन, नुहाउन जाने गरेका छन् । नदि कुन ठाँउमा कति गहिरो छ भन्ने कुरा थाहा नहुदाँ धेरैले मृत्युलाई अंगाल्नुपरेको छ ।