२५ चैत धादिङ – नेपाली काँग्रेसका महामन्त्री सशांक कोइरालाले वर्तमान सरकारले विकासको गति लिन नसकेको बताएका छन् ।
प्रेस युनियन धादिङले बिहिबार धादिङबेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भूकम्प पछिको पुर्ननिर्माण तथा विकास निर्माणका कार्यहरुमा अहिलेको सरकार पूर्ण रुपमा असफल भएको दाबी गरे ।
उनले सीमाङकनको समस्या, संविधानको कार्यन्वयन, भूकम्पपछिको पुर्ननिर्माण र चिनसँग चिसिएको सम्बन्धलाई वर्तमान सरकारले मिलाउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । अब छिट्टै नै सरकार परिवर्तन हुने र त्यसको जिम्मा नेपाली काँग्रेसले लिने उनको दाबी छ ।
काँग्रेसले स्थानीय निर्वाचन, आम निर्वाचन तथा अन्र्तराष्ट्रिय स्तरमा नै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । आउँदो चुनौतीलाई सामना गर्ने हो काँग्रेस अग्रस्थानमा रहने बताएका छन् ।