२५ चैत, धादिङ – विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा १४ सदस्यीय खेलाडीको घोषणा गरिएको हो।
टोलीमा यू-१९ कप्तान राजु रिजालसहित सन्दिप लामिछाने र सुशन भारी रहेका छन् । यस्तै ज्ञानेन्द्र मल्ल, सागर पुन, नरेश बुढायर, शरद भेषावकर र विनोद भण्डारी, बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, करण केसी र राजेश पुलामी पनि टिममा रहेका छन् ।
विक्रम सोव, दिपेन्द्रसिंह ऐरी, प्रेम तामाङ र अनिल मण्डललाई बैकल्पिकमा राखिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सदस्यका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।
नेपाल र नामिबियाबीचको खेल आगामी वैशाख ४ र ६ गते कीर्तिपुर मैदानमा हुनेछ ।