Wed. Mar 26th, 2025

श्रीमतीलाई अगुल्टोले हानेर गम्भीर घाइते बनाउने पक्राउ

२५ चैत, नुवाकोट – श्रीमतीलाई अगुल्टोले हानी गम्भीर घाइते बनाउने लोग्ने किम्ताङ–८ का ५२ वर्षीय श्रीमान घलेलाई प्रहरीले पक्राउ गरेको छ।

४८ वर्षीया श्रीमती सकुन्तला घलेलाई बलिरहेको अगुल्टोले प्रहार गरेर घाइते बनाई घरमै राखेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको हो।

घाइते सकुन्तलालाई स्थानीयवासीले उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा उपचार गराएकोमा गम्भीर घाइते भएकाले थप उपचारका लागि त्रिशूली जिल्ला अस्पतालमा भर्ना गरिएको छ।

मङ्गलबार राती ९ बजे श्रीमान्ले घरायसी वादविवादको कारण बलिरहेको अगुल्टोले मुख, दुवै तिघ्रा र गुप्ताङ्गमा प्रहार गरी सकुन्तलालाई घरमै लुकाइराखेको अवस्थामा स्थानीयवासीको सूचनाका आधार घाइतेको उद्धार गरी अभियुक्तलाई बुधवार गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषि खनालले बताए।

आरोपितलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर गरिने प्रहरीले जनाएको छ । रासस

About The Author

अन्य समाचारहरु: