२४ चैत, धादिङ – धादिङ निलकण्ठ नगरपालिका ८ धादिङमा संचालित भुकम्प शान्ति धन धान्यञ्यल सप्ताह ज्ञान महायज्ञ एवं वृहत पितृमोक्ष धार्मिक महोत्सवमा १५ लाख रुपैंया संकलन भएको छ ।
गत बुधबारदेखि सुरु भएको सप्ताहको अन्तिम दिन बुधबार पनि सदरमुकामबासी लगायत गाऊँ गाऊँ देखि भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको थियो । महायत्रमा युवा पण्डित कपिलदेव भट्टबाट कथाबाचन भएको थियो ।
धार्मिक तथा सामाजिक क्षेत्रमा आवद्ध विश्व शान्ति केन्द्र नेपाल र ओमकार राधा कृष्ण एकादशी संस्था धादिङको आयोजना तथा सांघुटार टोल सुधार समिति, अमरावति सामुदाकि वन उपभोक्ता समुह र ज्योतिष परिषद् नेपाल धादिङको सहयोगमा धार्मिक महोत्सव संचालन गरिएको हो ।
हरि कृतन भवन, योगा आश्रम र विष्णु मन्दिर बनाउने, धर्म रक्षार्थ स्वा.अध्ययन अनि धार्मिक आन्नद दिने, योगा ध्यान र ज्योतिष सेवा प्रदान गर्ने र धादिङलाई धार्मिक परिक्रमा मार्ग र पर्यटकीय क्षेत्र बनाउने उद्देश्यका साथ महायज्ञ संचालन गरिएको विश्व शान्ति केन्द्र नेपाल धादिङका अध्यक्ष ध्रुव भट्टले बताए ।