Fri. Mar 28th, 2025

गोरखामा संगीत महोत्सव हुने

sangit२४ चैत्र, गोरखा – गोरखामा संगीत महोत्सव हुने भएको छ । आगामी २०७३ वैशाख ४ गते पहिलोपटक सदरमुकामको रानीपोखरी परिसरमा महोत्सव गर्न लागिएको हो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र गोरखा जेसिज गोरखाको स्थानीय व्यवस्थापनमा महोत्सव गर्न लागिएको हो।

प्रतिष्ठानका उपकुलपति तथा संङ्गीतकार शम्भुजित बाँस्कोटाले मङ्गलबार गोरखामा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको बारेमा जानकारी गराइएको हो । महोत्सवमा स्थानीयस्तरका कलाकारको कलालाई प्राथमिकता दिने पनि बताए । महोत्सवमा स्थानीयवासी, राष्ट्रिय कलाकार तथा सङ्गीतकारहरु सहभागी हुनेछन् ।

About The Author

अन्य समाचारहरु: