Thu. Mar 6th, 2025

पूर्वसंस्थापनकै बलमा जित्ने देउवाको रणनीति

deuba1२४ चैत, काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबाहादुर देउवा र रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

दलका नेता तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधन भएपति दुई महिनादेखि सो पद रिक्त छ ।

प्रमुख विपक्षी दलको नेतालाई वेटिङ प्राइम मिनिस्टरको रुपमा हेरिने भएकाले पनि कांग्रेस संसदीय दलको नेताको यो निर्वाचनलाई विशेष महत्वका साथ हेरिएको छ ।

संसदीय दलको नेताको निर्वाचनका लागि २ सय सांसदले मतदान गर्ने भएकाले विजयी हुन १ सय ४ मत आवश्यक पर्नेछ । हालको गणितिय अधारमा सभापति देउवाको जित सुनिश्चितजस्तै देखिएको छ ।

तत्कालीन संस्थापन पक्षधरका केही सांसद र १३ औं महाधिवेशनमा सभापतिमा लडेका कृष्ण सिटौला पक्षधरले देउवालाई मतदान गर्न लागेकाले उनको जित सुनिश्चित भएको हो । यद्यपि, गोप्य मतदान भएकाले यसै भन्न सकिने अवस्था छैन । राजधानी दैनिकबाट

About The Author

अन्य समाचारहरु: