Fri. Mar 28th, 2025

बसको झ्यालबाट टाउको निकाल्दा सल्यानटारका नानुमाया परियारको ज्यान गयो

bus
२३ चैत, धादिङ – चितवनको दारेचोकमा मंगलवार सवारी दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ ।

धादिङबेसीबाट पोखरा जादैँ गरेको ग १ ख ६१८५ नम्बरको बसमा सवार धादिङ सल्यानटारका २३ बर्षिया नानुमाया परियारको ज्यान गएको हो ।

विपरीत दिशाबाट आईरहेको ना ४ ख ४१४३ नम्बरको ट्याङ्करले चितवनको दारेचोक ९ पानी धारामा ठक्कर दिदाँ परियारको मृत्यु भएको हो । नानी माया परियारले गुडिरहेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा विपरीत दिशाबाट आएको ट्याङ्करले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ ।

घाइते परियारलाई उपचारको लागि भरतपुर अस्पताल लगिएको थियो तर अस्पतालले भने उपचारको लागि ल्याउँदा ल्याउँदै बाटोमा नै मृत्यु भएको घोषणा गरेको ईलाका प्रहरी कार्यालय मुग्लिङका इन्चार्ज प्रहरी निरीक्षक भोला कुमार भट्टले जानकारी दिए । दुर्घटना पछि ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

About The Author

अन्य समाचारहरु: