Sun. Mar 23rd, 2025

गाविसमा नागरिक वडापत्र देख्ने ठाँउमा नराख्दा सेवा लिन कठिनाइ

२३ चैत, धादिङ – गाविसले जवाफदेहिता औजारहरुको राम्रोसंग पालना नगरेका कारण गाविसले सरकारबाट पाउने थप सेवा सुविधाबाट बञ्चित हुनपरेको र काम गर्न कठिनाइ भएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

धादिङको तर्सपु गाविस मंगलबार आयोजित समिक्षा तथा छलफल कार्यक्रमका सहभागीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् । गाविसले दिने सेवा सुविधाका बारेमा जानकारी दिन कार्यालयमा राखिने नागरिक वडापत्र नागरिकहरु देख्ने गरि नराखेको कारण काममा ढिलाइ र समस्या खेप्नु परेको बताएका छन् ।

साथै सुचना पार्टीको उपयोग गर्ने नगरेको, सुझाव पेटिका नभएको र गाविस स्तरिय अनुगमन समिति पनि नभएकोले गाविसले प्रदान गर्ने सेवा सुविधाका बारेमा सहि जानकारी पाउन नसकेको र दिलासुस्ती हुने गरेको बताएका छन् । गाविसले अहिले सम्म सार्वजनिक परिक्षण पनि गर्ने नगरेको र अवका दिन गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

यसैगरी गाविसले दिने सामाजिक सुरक्षा भत्ताका बारेमा छलफल गर्दा सहभागीहरुले गाविस सचिव समय समया फेरबदल भैरहने कारणले काम गर्न गार्हो भएको बताएका थिए । सामाजिक सुरक्षा भत्ता माघ महिना नै पाउनु पर्ने भएपनि अहिलेसम्म नपाएकोमा समेत सहभागीहरुले गुनासो व्यक्त गरेका थिए ।

कार्यक्रममा गाविसका प्रतिनीधि, राजनीतिदलका प्रतिनीधिहरु, वडा नागरिक मञ्चका संयोजक तथा प्रतिनीधिहरु, सहकारीका सदस्यहरु, महिला सञ्जालका सदस्यहरु, प्रहरी चौकी, स्वास्थ्य चौकी र अन्य समुहका प्रतिनीधिहरु गरि ३० जनाको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल सरकार संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम एलजीसीडीपी स्थानिय शासन उत्तरदायि संयन्त्र एलजीएएफ र सहयात्री समाज नेपालको साझेदारीमा संचालित स्थानिय निकायको कानुनी तथा नीतिगत व्यवस्था पालना अनुगमन अन्तर्गत सहयात्री समाज नेपालको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रमलाइ शुसासन अधिकृत चन्द्रकला सिंखडा र गीता खनालले सहजीकरण गरेका थिए ।

About The Author

अन्य समाचारहरु: