२३ चैत, कुवेत – कुवेतमा एक नेपालीको सुतेकै ठाउँमा ज्यान गएको छ । गएको शनिबार खाना खाएर सुतेका तनहुँका अम्जाद हुसेन आइतबार बिहान सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएका हुन् ।
हुसेन कुवेको डिप एण्ड डिप कम्पनीमा कार्यरत थिए। आइबार बिहान अबेरसम्म नउठेपछि साथीहरुले उठाउन जाँदा मृत भेटिएका थिए ।
हुसेनको शव स्थानीय आदन अस्पताल लगिएको छ । कानूनी प्रक्रिया पूरा गरेर हुसेनको शव चाँडै नेपाल पठाउने तयारी भएको छ । हुसेनका श्रीमती र एक छोरी छन् ।