Tue. Nov 26th, 2024

एसएसलीको परीक्षा केन्द्रमै झाडापखाला, परीक्षार्थी र शिक्षक बिरामी

२३ चैत, काठमाडौं – जाजरकोटमा फैलिएको झाडापखालाका कारण एसएलसी परीक्षा दिइरहेका विद्यार्थीहरु बिरामी भएका छन् ।

student
फाइल फोटो

स्थानीय स्वास्थ्यकर्मीका अनुसार आइतबारबाट फैलिएको पखालका कारण तीन दर्जनभन्दा बढी बिरामी भएको छ ।

जिल्लाको दसेरामा फैलिएको पखालाका कारण सबैभन्दा बढी एसएलसी दिँदै गरेका विद्यार्थी बिरामी भएका छन् । यस्तै निरीक्षक र स्थानीय बासिन्दा पनि बिरामी भएका छन् ।

उनहिहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । जनप्रिय उच्च मावि दसेरा परीक्षा केन्द्रमा परीक्षा दिइरहेका विद्यार्थीहरु पखालाका कारण बिरामी परेपछि परीक्षामा समेत समस्या भएको छ ।

स्थानीय दसेरा स्वास्थ्य चौकीका इन्चार्ज नवीना कँडेलका अनुसार झडापखालाका कारण ३९ जना बिरामी भएका छन् । जसमध्ये ९ जना बालबालिका रहेका छन् ।
अन्नपूर्णबाट

About The Author

अन्य समाचारहरु: