२२ चैत, धादिङ – पुननिर्माण प्रभावकारी बनाउन धादिङ सहित १० जिल्लामा विज्ञ खटाइएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत वैशाख १२ गतेको भूकम्पबाट अति प्रभावित जिल्लामा निजी आवासको काम प्रभावकारी बनाउन विज्ञ सदस्य खटाइएको हो ।
धादिङ लगायत रसुवा, नुवाकोटमा ध्रुव शर्मा, रामेछाप, ओखलढुङ्गा र सिन्धुलीमा चन्द्रबहादुर श्रेष्ठ, गोरखा र मकवानपुरमा हरिराम पराजुली र काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा विष्णुप्रसाद भण्डारीलाई खटाइएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए।
निजी आवास पुनःनिर्माणको कामलाई थप प्रभावकारी बनाउन, जिल्लाका स्थानीय राजनीतिक दलका प्रतिनिधिसँग समन्वय र अन्तक्र्रियाका लागि विज्ञ सदस्य खटाइएको उनको भनाई छ ।