Fri. Mar 21st, 2025

चितुवाको छालासहित दुई जना पक्राउ

२२ चैत,  चितवन – प्रहरीले चितुवाको तीन थान छालासहित दुई जना अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झलारी पिपलाडी नगरपालिका–७ पिताम्बरका ३४ वर्षीय पदम ठगुन्ना र ५७ वर्षीय नरबहादुर विष्ट रहेका छन्।

कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–१० स्थित पानी ट्याङ्की नजिकबाट प्रहरीले गएराति चितुवाको तीन थान छाला र स्थानीय दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले प्रहरीले चितुवाको छाला र केही परिणाममा हड्डीसमेत बरामद गरेको बताए। रासस

About The Author

अन्य समाचारहरु: