अस्मिता खतिवडा /२२ चैत, धादिङ – गाविस सचिवहरुको कार्य सम्पादनमा आधारित भएर भत्ता प्राप्त नभए सम्म १ गाविस सचिवले एक भन्दा बढि गाविसमा काम नगर्ने धादिङका गाविस सचिवहरुले बताएका छन् ।
गाविस सचिव हक हित संरक्षण केन्द्र धादिङले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै श्रम अनुसारको भत्ता नपाए सम्म एक भन्दा बढि गाविसमा काम नगर्ने बताएका हुन् । साथै गाविस सचिवहरुले अब पुनः निर्माण प्राधिकरणको काम नगर्ने, पाँच वर्ष भन्दा मुनिका बालबालिकाको लगत संकलन नगर्ने लगायतका माग राखेका छन् ।
स्थानिय विकास अधिकारी भगवान अर्याल समक्ष विज्ञप्ति बुझाऊँदै आफ्ना माग राखिएको गाविस सचिव हक हित संरक्षण केन्द्र धादिङका अध्यक्ष चुणामणी पुरीले बताए ।