Thu. Feb 27th, 2025

अनुदान पाएपछि धादिङका किसान मौरी पाल्न हौसिए

mauriसरिता श्रेष्ठ / २२ चैत, धादिङ – जिल्ला कृषि विकास कार्यलय धादिङले ३ सय ७० वटा आधुनिक मौरीको घार किसानहरुलाई वितरण गरेको छ ।

रोजगारका लागि विदेशिएका युवालाई स्वदेशमा नै रोजगारी दिने उद्देश्य अनुरुप २५ प्रतिशत अनुदानमा घार वितरण गरेको हो । धादिङमा खासगरी एपीबी र सेरेना जातको मौरीको व्यवसाय गर्ने गरिन्छ । कार्यलयले किसानहरुकै आवश्यकतालाई मध्यनजर गर्दै न्यूटन बी नामक मौरीको घार वितरण गरेको जिल्ला कृषि विकास कार्यलय धादिङका वरिष्ठ कृषि विकास अधिकृत महेन्द्र कौडालले जानकारी दिए ।

जिल्लाको नीलकण्ठ नगरपालिका र मैदी, नलाङ, सल्यानटार, सत्यदेवी, बैरेनी, धुषा, ज्यामरुङ लगायतका गाविसका किसानहरुलाई वितरण गरेको हो । यी क्षेत्रहरुका किसानहरुले मौरी पालन व्यवसाय गरेर मनग्य आम्दानी लिने गरेका छन् ।

कृषि विकास कार्यलय धादिङले आर्थिक वर्ष २०५४/०५५देखि जिल्लामा पहिलो पटक २५ वटा उन्नत मौरीको घार वितरण गरी आधुनिक तरिकाले मौरी पालन कार्यको सुरुवात गरेको थियो । अहिले किसानहरुले सोचे भन्दा राम्रो आम्दानी गर्न थालेपछि उन्नत जातको घारको माग पनि बढेको छ ।
सरकारले ल्याएको यस्ता युवा लक्षित कार्यक्रमले आफूहरुको आम्दानीको बाटो खुलेको किसानहरुको भनाई छ ।

अहिले मौरीपालन व्यवसाय जिल्लामा निकै प्रभावकारी ढङगमा सञ्चालन भइरहेको छ । यूवा लक्षित कार्यक्रम अन्र्तगत जिल्लामा विभिन्न समयमा तालिमहरु पनि दिने गरेको छ । यस्ता अनुदानहरु पाएपछि किसानहरु मौरी पालन व्यवसया गर्न हौसिएका छन् ।

कृषि विकास कार्यालयले मौरीपालन व्यवसायमा लाग्ने किसानलाई २० वटासम्म मौरी घार उपलब्ध गराएका छन् । प्रतिघारमा आठ वटा चक्का रहने गरेको छ । मौरीको घार पाएपछि केहिले सामुहिक रुपमा पनि व्यवसया संचालन गरेका छन् ।

महवाट वढी पोषण तत्व पाईने भएपछि मानिसहरुले चोटपटक लागेको बेलामा कामजोर भएको वेला मह खाने गर्दछन् ।

About The Author

अन्य समाचारहरु: