Fri. Mar 21st, 2025

२५ रुपैँयाले ३ लाख पुग्यो

case२१ चैत,  धादिङ – ईच्छा शक्ति र  काममा लगाव भएपछि असम्भव भन्ने कुरा केहि पनि हुँदैन । एकता नै सबैभन्दा ठुलो शक्ति हुन्छ । त्यसैले होला मैनाको २४ रुपैँया संकलन गरेर अहिले सल्यानकोट आलडाँडाका स्थानीयहरुले  ३ लाख भन्दा बढी रकम संकलन गर्न सफल भएका छन् । घाईते, बिरामी हुँदा रकम अभावको कारण धेरैको ज्यान जाने गरेको पाइन्छ । अप्ठेरोमा पर्दा पैसा झिक्न सहज होस भनेर एउटा समुह बनाएर महिनावारी रकम संकलन गर्दै जाँदा ७ बर्षमा ३ लाख १६ हजार ४ सय पुगेको छ ।

२०६५ साल माघ १ गते देखि ४० जनाबाट २५ रुपैँया संकलन गरिएको थियो । अहिले त्यही २५ रुपैँयाबाट सुरु गरिएको संकलनबाट ३ लाख पैसा हुँदा उनीहरु खुसि भएका छन् । चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज र शितल समाजले जनचेतना फैलाउने उद्देश्यले भारतमा गएका परिवारका सदस्यहरु रहने गरी एउटा समुह बनाएको थियो ।

पैसा कमाउनको लागि भारत जाने कयौँ युवायुवतीमा एचआईभी संक्रमण हुने र पछि घर आउँदा उसका श्रीमती तथा श्रीमानमा समेत सर्ने भन्दै त्यसबाट बच्नको लागि के गर्न सकिन्छ भनेर समुह बनाएर जनचेतना फैलाएको थियो । रोजगारीको लागि भारत गएका वा जाने तयारीमा रहेकाहरुलाई एचआईभी कसरी सर्छ, कसरी बच्ने भन्ने विषयमा जानकारी दिने कार्यक्रम हो ।

एचआईभी संक्रमितहरुलाई अप्ठेरो पर्दा सहज बनाउने उद्देश्यले समुह बनाए पनि पछि त्यस समुहमा अन्य मानिसहरु पनि आवद्ध भए । संस्थाका संस्थापक कविता आले पनि अहिले खुसि छिन्् । पहिला हामीलाई समाजले नराम्रो दृष्टिकोणले हेर्थै तर अहिले स्थानीयहरुमा पनि चेतना बृद्धि भएको छ । पहिला खुल्न गाह्रो भएको थियो तर अहिले सहज बन्दै गएको छ । समुहमा पनि गाह्रो हुँदैन ।

प्रत्येक महिनाको मसान्तको दिन बैठक बसेर रकम संकलन गरिन्छ र त्यही  पैसा समुहका सदस्यहरुलाई न्युन व्याजदरमा दिने गरिएको छ । साथै समुहमा बस्दा पनि एचआईभीको विषयमा कुरा हुने गरेको छ ।

About The Author

अन्य समाचारहरु: