Thu. Feb 27th, 2025

नवलपरासीमा यस वर्ष उत्पादनमा कमी

Sugar-Cane
२१ चैत,  नवलपरासी – नवलपरासीमा यस वर्ष उखु उत्पादनमा कमी आएको छ । अघिल्लो वर्ष २५ लाख क्विन्टल उखु उत्पादन भएको जिल्लामा यस वर्ष करिब १४ लाख क्विन्टलमात्र उखु उत्पादन भएको उत्पादक कृषक समितिले जनाएको छ ।

चिनी मिलका सञ्चालकहरुले समयमा उखुको रकम भुक्तानी नदिएकै कारण केही किसानले उखुखेती गर्न छाडेपछि उत्पादनमा कमी आएको समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताए ।

उखु कम उत्पादन भएकै कारण यस वर्ष जिल्लामा रहेका चिनी उद्योगले एक महिनाअघिदेखि नै क्रसिङ बन्द गरिसकेका छन् । समितिका अनुसार अघिल्लो वर्षको रु दुईदेखि तीन करोड र यस वर्षको समेत करिब रु २२ देखि २३ करोडसम्म बाँकी रकम उखु किसानलाई अझै पनि मिल सञ्चालकले तिर्न बाँकी छ ।

जिल्लामा लुम्बिनी चिनी उद्योग, वाग्मती चिनी उद्योग, इन्दिरा चिनी उद्योग र मोहिनी गरी चारवटा ठूला चिनी मिल छन् भने ५० भन्दा बढी भेलीका साना क्रसर उद्योग छन् ।

जिल्लामा कुल साढे सात हजार हेक्टर क्षेत्रफलमा उखुखेती हुँदै आएको छ जसमा करिब १४ हजार घरपरिवार आबद्ध रहेको समितिको तथ्याङ्क रहेको छ । –रासस

About The Author

अन्य समाचारहरु: