Tue. Nov 26th, 2024

तेल कालोबजारीमा संलग्न ११९ विरुद्ध मुद्दा

tel 1
२१ चैत, काठमाडौं – भारतीय नाकाबन्दीपछि उपत्यकामा ११९ जनाविरुद्ध इन्धन कालोबजारी अभियोगमा मुद्दा परेको छ ।

नाकाबन्दीको कारण देखाएर खाना पकाउने एलपी ग्यास पेट्रोल, डिजल तथा मटीतेलमा कालोबजारी गर्ने व्यापारीविरुद्ध यो मुद्दा परेको छ ।

कारबाहीका पर्नेमा खुद्रा व्षपारीदेखि इन्धन डिपो सञ्चालक र आयल निगममा कर्मचारीसमेत छन् ।
कालोबजारी गर्नेहरुबाट करिब ६५ हजार लिटर डिजेल, ३५ हजार लिटर पेट्रोल हजार सिलिन्डर ग्यास र करिब हजार लिटर मटीतेल बरामद भएको छ ।

महानगरीय प्रहरी कार्यालयका अनुसार १०९ कालोबजारीका मुद्दामा ११८ व्यापारी कारबाहीमा परेका छन् ।

५७ जना व्यापारीलाई सचेत गराएर छोडिएको छ । भारतीय नाकाबन्दीपछि कालोबजारी विरुद्ध नेपाल प्रहरी, वाणिज्य तथा आपूर्ति व्ष्वस्थापन विभाग, अधिकारवादी तथा उपभोक्ता संयुक्त रुपमा परिचालित थिए ।
कारोबार दैनिकबाट

About The Author

अन्य समाचारहरु: