Thu. Feb 27th, 2025

५९ औं राष्ट्रिय सहकारी दिवस धादिङमा पनि मनाइयो

sahaakri day२० चैत, धादिङ – ‘आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी’ नाराका साथ शनिवार देशभर ५९ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।

धादिङ जिल्लामा पनि बिहान जिल्लामा रहेका सहरकारीले संयुक्त रुपमा ¥याली निकाली जिल्लामा प्रभातफेरि गरेका थिए । ¥यालीमा अनुशासित हुने नीलकण्ड महिला सहकारी संस्थालाई पुरस्कृत समेत गरिएको छ ।

वि.सं.२०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्था लिमिटेडको स्थापना भइ नेपालमा सहकारी अभियानको सुरुवात भएको थियो । त्यहि दिनको सम्झनामा चैत २० गतेलाई राष्ट्रिय सहकारी दिवस मनाउन थालिएको हो ।

नेपालमा रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्दै गरीवी न्यूनीकरण र राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ ।

About The Author

अन्य समाचारहरु: