Thu. Feb 27th, 2025

ग्रामीण सञ्चार सहकारीको नवौ साधारण सभा सम्पन्न

garmin-sanchar-sahakari१९ चैत,  धादिङ – रेडियो धादिङ संञ्चालन गरिरहेको ग्रामिण संञ्चार सहकारी संस्था लिमिटेडको नवौ साधरण सभा शुक्रबार सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष गोपाल तिवारीको अध्यक्षता भएको साधारण सभामा संस्थाका प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा अध्यक्ष तिवारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष इन्द्रबहादुर श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका उपाध्यक्ष सुवास खतिवडाले सहकारी संस्था स्थापना र यसले संचालन गरेको रेडियोले गरेका कामहरु जानकारी गराएका थिए । यसैगरी कार्यक्रममा रेडियो धादिङका स्टेसन म्यानेजर राजाराम शर्माले रेडियामा संचालनमा भइरहेका कार्यक्रमहरु, समाचार तथा भुकम्पपछि रेडियोले गरेका कामहरुको बारेमा जानकारी गराएका थिए ।

साधारणसभाले रेडियो धादिङको भवनलाई अझै व्यवस्थित बनाउन १ तला थप्ने, रेडियोबाट प्रसारण हुने कार्यक्रमहरुको स्तरमा वृद्धि गर्ने र कर्मचारी तथा पत्रकारहरुको क्षमता अभिवृद्धिको कार्यक्रम संचालन गर्ने निर्णय पनि गरेको छ । साधारण सभामा संस्थाका सेयर सदस्य, जिल्लामा संञ्चालित सहकारीका प्रमुख एव्र प्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

About The Author

अन्य समाचारहरु: