१९ चैत, धादिङ– वेष्ट इण्डिज टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । भारतलाई उसकै घरेलु मैदानमा ७ विकेटले हराउँदै वेष्ट इण्डिज फाइनलमा प्रवेश गरेको हो ।
मुम्बईमा बिहीबार राती भएको खेलमा टस जितेर वेस्ट इण्डिजले फिल्डिङ रोजेपछि भारतले ब्याटिङ गरेको थियोे । भारतले पुरै २० ओभरमा २ विकेट गुमाएर १९२ रन बनायो । भारतले दिएको १९३ रनको लक्ष्य वेष्ट इण्डिजले २ बल बाँकी रहँदै ३ विकेट गुमाएर भेट्टायो ।
भारतका लागि विराट कोहलीले ४७ बलमा ८९ रनको योगदान दिए भने रोहित शर्मा र अजिन्का रहानेले क्रमशः ४३ र ४० रन बनाएपनि जितका लागि त्यो पर्याप्त रहेन । भारत विरुद्ध जवाफी व्याटिङ गरेको वेष्ट इण्डिजले खराव सुरुवात गरेपनि पछि खेल लयमा फर्किएको थियो ।
वेष्ट इण्डिजका निकै आशा गरिएका क्रिस गेल मात्र ५ रन बनाएर आउट भए भने दोस्रो विकेट जाँदा टिमको स्कोर मात्र १९ रन थियो । तर जोनसन चाल्र्स र लेन्डल सिमोन्सले पारी सम्हाले । उनीहरुले तेस्रो विकेटका लागि ९७ रनको साझेदारी गरे । चार्ल्स ५२ रनमा आउट भएपछि पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका आन्द्र रसेलले पनि राम्रो पारी खेले । सिमोन्स ८३ रनमा अविजित रहे ।
८१ बलको सामना गरेका उनले ७ चौका र ५ छक्का हाने । रसेलले २० बलमा ४ चौका र ४ छक्काको मद्दतमा अविजित ४३ रन बनाए । वेष्ट इण्डिजले अब फाइनलमा इंग्ल्याण्डसँग खेल्नेछ ।